काठमाडौँ । सङ्घीय संसद्ले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट बिहीबार दिउँसो तीन बजे पेश गर्ने कार्यसूची रहेको छ ।
कार्यसूचीमा लेखिएको छ, ‘माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ।व। २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट) पेश गर्नुहुने ।
अर्थमन्त्री पौडेलले राष्ट्रिय स्रोत अनुमान समितिबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्तिमा १९ खर्ब ६५ करोड रुपैयाँको बजेट सिलिङ पाएका छन् ।