नेप्से बढ्दा कारोबार घट्यो

विराटनगर । मंगलबारको बजार सामान्य बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक २.५३ अंक बढेर २६७७.३० विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२५अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक बढेको छ ।

पछिल्ला कारोबार दिनहरुमा निरन्तर रुपमा कारोबार रकम घटेको छ । यस दिन ६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमबारको बजारमा ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँ र आईतबार ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

यस दिन कारोबारमा आएका मध्ये ५ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । जसमध्येमा कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी डेभलपमेन्ट र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन गुँरास लघुवित्त वित्तीय संस्थाको सार्वधिक घटेर कारोबार भएको छ । यस लघुवित्तको शेयर मूल्य ७.०९ प्रतिशतले घटेको हो भने उपकार लघुवित्तको ४.७९ प्रतिशतले शेयर मूल्य घटेर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन यूनिभर्सल पावर कम्पनीको शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ६३ करोड ५८ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ४७ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

बजारका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ वटा उपसमूहको परिसूचक घटेको छ । यसदिन विकास बैंक समूह सर्वाधिक बढेको छ । यस समूह १.७६ प्रशितले बढेको हो । बैकिङ, होटल, हाईड्रो, उत्पादन तथा प्रशोधन, म्यूच्युल फण्ड,र ब्यापार समूहको परिसूचक बढेको छ । त्यस्तै माईक्रोफाइनान्स, फाइनान्स, लगानी, जीवन बीमा, निवीजन बीमा र अन्य उपसमूहको परिसूचक घटेको छ ।

मङ्गलबार, १४ जेठ, २०८२, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर