दमकको १८ तले टावर शुल्क लिएर सञ्चालन गर्न दिने सरकारको निर्णय

विराटनगर । झापाको दमकमा झन्डै दुई अर्ब खर्चिएर बनाइएको १८ तले टावर सञ्चालनमा आउने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर २२ गते उक्त टावर उद्घाटन गरेका थिए । त्यसपछि टावर बेवारिसे जस्तै बनेको थियो । सरकारले उक्त बिजनेस टावस शुल्क लिएर सञ्चालन गर्न दिने निर्णय लिएको हो ।

ओलीकै योजनामा दमक नगरपालिका–३, दापगाछीमा करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो टावरका बारेमा सामाजि संजालमा कडा आलोचना हुने गरेको छ ।

वैशाख ३१ गते बसेको मन्त्रिपरिषद्ले टावर हाललाई शुल्क लिइ सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

बिहिबार, ०२ जेठ, २०८२, साँझको ०६:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर