रास्वपाका पालिका सभापति एमालेमा प्रवेश

विराटनगर । खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का रावाबेँसी गाउँपालिका सभापति कृष्ण पाण्डे एमालेमा प्रवेश गरेका छन् ।

बुधबार डुम्रेधारापानीको धैरेनीटारमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलाको अवसरमा पाण्डे एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशी पाण्डेलाई एमाले पोलिटव्युरो सदस्य एबं खोटाङ इन्चार्ज बिशाल भट्टराईले स्वागत गरेका छन् । पाण्डेलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउँदै भट्टराईले उनको आगमनमा पार्टी थप बलियो भएको बताए ।

पाण्डेले रास्वपा पछिल्लो समयमा राजनीतिक अपरिपक्वताले जेलिएको र विभिन्न काण्डहरुमा संलग्न रहेका कारण पार्टी परित्याग गरेको बताए ।

कार्यक्रममा पोलिटव्युरो सदस्य भट्टराईसहित एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, एमाले नेता लिलानाथ निरौला, कौशिला गुरुङ, बाबुराम जोशी, बीरेन्द्र मगर लगायतको उपस्थिति रहेको थियो ।

बिहिबार, ०२ जेठ, २०८२, बिहानको ०९:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर