एमाले मोरङको मनोनित प्रतिनिधि छनौटमा असन्तुष्टि, ड्राइभर र नातागोता मनोनित गरेको दाबी

विराटनगर । नेकपा एमालेले दशौं जिल्ला अधिवेशनका लागि ४६ जना (५ प्रतिशत) मनोनित प्रतिनिधि सदस्यको अन्तिम टुंगो लगाएको छ । उक्त मनोनित प्रतिनिधिमा भने एमाले मोरङको संस्थापन पक्षले एकलौटी छनौट गरेको आरोप लागेको छ ।

एमालेले छनौट गरेका प्रतिनिधिमध्ये रामबहादुर घिमिरे विराटनगरको ३ नम्बर वडाको प्रतिनिधि छनौट प्रक्रियाबाट नआएर चोरबाटोबाट आएका हुन् । यस्तै एमाले मोरङका इन्चार्ज जीवन घिमिरेले आफ्नी बहिनी बालिका निरौला र सवारी चालक पुष्कर पोखरेललाई पनि प्रतिनिधिमा मनोनित गरेका छन् ।

यस्तै वडा नम्बर १७ को निर्वाचन प्रक्रियाबाट पराजित मो. निजाम हुसेनलाई पनि एमालेले प्रतिनिधि छनौट गरेको छ । यस्तै वडा नम्बर १४ को निर्वाचन आयोगका सदस्य विक्रम तिवारी पनि प्रतिनिधिमा छनौट भएका छन् । उनले प्रतिनिधि छनौट गर्दा धाँधली गरेको अर्को पक्षको आरोप छ । ‘संस्थापन पक्षले आफू हार्ने डरले एकलौटी ढंगले मनोनित गरेको देखियो,’ इतर पक्षका एक एमाले नेताले भने, ‘ड्राइभरदेखि नातागोतालाई पनि मनोनित गरियो ।’ एमाले मोरङको शुक्रबार बसेको पदाधिकारी बैठकले मनोनित प्रतिनिधिको अन्तिम टुंगो लगाएको हो ।

यस्तै एमालेले अन्य मनोनित प्रतिनिधिहरुमा अन्जु उपाध्याय, सञ्जय परुवा, दिनकर मण्डल, सरिता खनाल, पप्पु अन्सारी, गिरेन्द्र कार्की, तारा निरौला, तारा भट्टराई, महेश्वर यादव, पूर्ण प्रसाद राई, विन्दुकला गुरुङ, र्ति आर्चय काफ्ले, जीवन घिमिरे, बुद्धिमाया थापा, काजी बहाुर बस्नेत, जितेन थापा, राम पोखरेल, राम कार्की, हरि सुवेदी, टिकाराम पुरी, खेमराज तामाङ, बिमल लिम्बू, पुष्कर पोखरेल, सिताराम न्यौपाने, पदम श्रेष्ठ, शैलेन्द्र घिमिरे, कृष्ण लामा, शिव राई, जगराज खवास, देवीलाल लिम्बू, सूर्यबहादुर थापा, नवराज काफ्ले, अन्जात हुसेन, गणेश साह, कौशिला बञ्जरा, सुवास घिमिरे, मालिका निरौला, गणेश ढकाल, लक्ष्मी खतिवडा, निराजन ढुंगाना, उग्रेन तामाङ, प्रल्हाद न्यौपाने र मकरबहादुर बुढाथोकीलाई प्रतिनिधि छनौट गरेको छ ।

शुक्रबार, १६ फागुन, २०८१, रातीको ०९:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर