विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अध्यादेश पास गर्ने कुरामा बाहिर चर्चा भएको जस्तो अवस्था नरहेको बताएका छन् । शनिवार विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै उनले सत्ता पक्षसँग सहमतिका लागि छलफल गर्ने र नमिलेका विषयमा केही समय पर्खेर भए पनि सहमति जुटाउने प्रयास भइरहेको बताएका छन् । महासचिव पोख्रेलले लोसपाले सरकार नछाड्ने पनि दाबी गरे । विपक्षी दलहरूले पनि अध्यादेशका बारेमा आफ्ना दृष्टिकोण बदल्न बाध्य हुने उनको दाबी छ ।
‘नेपालको अर्थतन्त्रमा जुन प्रकारको सङ्कट छ त्यसलाई समाधान गर्नका लागि गरिएका प्रयत्नहरू हुन,’ उनले भने ‘अन्तर्राष्ट्रिय समुदाय र नेपाल औद्योगिक कुरा व्यावसायिक क्षेत्र लगानी कर्ताहरू सबैले समर्थन गरेको अवस्थामा देशका लागि राजनीति गर्छाै भन्नेले विरोध गर्ने कुरा नैतिक रूपमा उचित होइन भन्ने हाम्रो मान्यता छ । उहाँहरूले ढिलो चाँडो आफ्ना दृष्टिकोण बदल्न बाध्य हुनुपर्छ ।’
संविधान संशोधन राजनीतिक दलहरूको सहमतिमा अगाडी बढाउने बताए । ‘संविधान कार्यान्वयन १० वर्ष पछि रिभयु गर्ने कुरा छ । रिभयुको प्रक्रियामा प्रवेश गर्ने कुरा भएको छ । पहिला दुई पाटी आन्तरिक रूपमा रिभियु गर्छाै’ उनले भने ।
महासचिव पोख्रेलले थपे ‘ मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित हुन सकेको छैन । त्यो कुरा पहिचान गरेर अन्य राजनीतिक दलसँग छलफल गर्छाै । सहमति जुटेपछि औपचारिक रूपमा सरकारका तर्फबाट प्रस्ताव संसदमा लिएर जान्छौ । सहमति भयो भने लामो समय पर्खिनु पर्दैन । सहमति भएन भने दुई तिहाइ प्राप्त कसरी हुन्छ भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुन्छ ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल संविधान नै पुनर लेखन गर्ने बेला भएको छ त भन्ने प्रश्नमा भने प्रचण्डको बोलीले राजनीतिमा अर्थ राख्न छाडेको बताए ।
प्रचण्ड जी के भन्नु हुन्छ र के बोल्नुहुन्छ भन्ने कुराको ठेगान त नेपाली राजनीतिमा कहिले पो हुँदै गएको छ र । अहिले जे कुराको विरोध गर्दै हुनुहुन्छ ती अधिकास कुराहरू उहाँकै कार्यकालमा प्रवेश गरेका विषय हुन् । आज उहाँ विरोध गर्दै हुनुहुन्छ ।त्यस अर्थमा उहाँले के भन्नु हुन्छ भन्ने कुराको अर्धता नेपाली राजनीतिमा हुनै छाड्यो । ’
पूर्व राष्ट्रपति बिदा देवि भण्डारीलाई पाटीमा भित्राउने कुरामा छलफल नभएको महासचिव पोख्रेलले बताए । ‘उहाँको सामाजिक सक्रियतालाई स्वाभाविक मानेका छौ । सक्रिय सामाजिक जीवन मुलुकको आवश्यकता हो भन्ने ठान्दछु’ उनले भने ।