फर्केर हेर्दा जनयुद्धको एक दशक : सामान्य झलक

२०५२ साल फागुन १ गते नेकपा माओवादीको नेतृत्वमा सुरु भएको जनयुद्ध शान्ति सम्झौता हुँदै २०६३ मा शान्ति प्रक्रियामा रुपान्तरण भएको थियो । त्यसअघि २०६२ मा तत्कालीन शाही शासन विरुद्ध आन्दोलनमा रहेका दलहरु र माओवादीबीच भएको १२ बुँदे समझदारीबाट जनआन्दोलन हुदै गणतन्त्रको आधार तयार भएको थियो । मुलुकलाई गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षता र समानुपातिक प्रतिनिधित्व जस्ता युगान्तकारी परिवर्तन गर्ने आधार जनयुद्धको १० वर्षमा भएका प्रमुख घटनाहरुको झलक :

२०५२ साल
० फागुन १ – नेकपा (माओवादी)द्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नया“ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं †’ भन्ने मूल नाराका साथ जनयुद्धको शुरुवात । रोल्पाको होलेरी, रुकुमको आठविसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरु र गोरखाको च्याङलीमा रहेको कृषि विकास बैंक कब्जा ।
० फागुन ६– नेकपा (माओवादी)का महामन्त्री क.प्रचण्डद्वारा एक प्रेस वक्तव्य मार्फत् ती कार्वाहीहरुको जिम्मेवारी स्वीकार ।
० फागुन १४– गोरखामा प्रहरीद्वारा १४ बर्षीय दिलबहादुर रम्तेलको गोली हानी हत्या ।
० फागुन १५– रुकुमको पीपलमा छ जना खत्रीबन्धुहरुको प्रहरीद्वारा हत्या ।

२०५३ साल
० असार– माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनावद्ध ढंगले छापामार युद्धको विकास गरौं †’ भन्ने मूल नारासहित जनयुद्धको विकासको दोस्रो योजना शुरु ।
० बैशाख २४– रुकुमको तकसेरामा प्रहरी विरुद्ध पहिलो सफल एम्वुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कव्जा ।
०पुस १९– रामेछापको बेथानमा रहेको प्रहरी चौकी कब्जा । जनयुद्ध शुरुवातपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना हो । आक्रमणको क्रममा सो कार्वाहीका कमाण्डर तीर्थ गौतम, महिला छापामार दिलमाया योञ्जनसहित तीन छापामारको शहादत ।

२०५४ साल
० असार– माओवादीको के.स.को बैठकले ‘छापामार युद्धलाई विकासको अर्को नया“ उ“चाइमा उठाऔं †’ भन्ने मूल नारासहितको तेस्रो योजना पारित ।
० भदौ– तनुह“को कालिकाटारमा प्रहरी गस्तीमाथि छापामारहरुद्वारा आक्रमण र हतियार कब्जा ।
० माघ २२– धादिङको खहरेमा एम्वुस । दुई राइफल र वीस लाख रुपिया“ (नेपाल वैंक लिमिटेडको) कव्जा ।
० फागुन २४– रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरीविरुद्ध एम्वुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कव्जा ।
० चैत ४– गोरखाको सौरपानीमा एम्वुस । तीन प्रहरीको मृत्यु र एक राइफल कव्जा ।

२०५५ साल
० बैशाख – तत्कालीन नेपाली कांग्रेसको सरकारले ‘सबैलाई मार, सबै चीज जलाऊ र सबै चीज लूट’को किलो शेरा टू नामक क्रूर अपरेशन सञ्चालन । प्रहरीद्वारा यो अपरेशनको क्रममा पा“चसय जनताको हत्या ।
० भदौ– नेकपा (माओवादी)को केन्द्रीय समितिको चौथो विस्तारित वैठक सम्पन्न । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौं †’ भने मूल नारा तय ।
० कार्तिक १०– छापामारहरुले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । पूर्वमा काभ्रेको फला“टेमा दिउ“सै प्रहरी चौकी कब्जा । सोही दिन पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका चौकीहरु कब्जा ।
० पुस १८– २०५३ पुस १९ गतेको वेथान कार्वाहीको वीरताको निरन्तरताको क्रममा ललितपुरको भट्टेडा“डा चौकी छापामारहरुद्वारा सम्पूर्ण हतियारसहित कब्जा । सोही घटनाको सचित्र समाचार प्रकाशन गरेवापत पुरानो सत्ताद्वारा जनादेश कार्यालयमा आक्रमण । कम्प्युटरलगायत प्रेस सामाग्री लूट, कार्यालय तालाबन्दी र जनादेशका तत्कालीन सल्लाहकार शक्ति लम्सालसहित सहकर्मीहरु गिरºतार ।
० फागुन १९– दाङको चिराघाट प्रहरी चौकी कब्जा ।
० चैत्र ५– काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सात जना कलाकारहरुको प्रहरीले आगो लगाएर जिउ“दै जलाइ र गोली प्रहार गरी हत्या । सो वलिदानी दिनको सम्मानमा चैत्र ५ लाई सा“स्कृतिक प्रतिरोध दिवस मनाइन्छ ।

२०५६ साल
० वैशाख १९– रोल्पाको जेल्वाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा ।
० जेठ ६– नेकपा (माओवादी)का केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रवन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमाण्डर नवीन गौतम र कमला शर्मा लगायतलाई गिरºतार गरी बेपत्ता । त्यसबेलादेखि पुरानो सत्ताले नागरिक बेपत्ता पार्न शुरु ग¥यो र आजसम्म १५ सयभन्दा बढी बेपत्ता छन् ।
० जेठ ३१– जाजरकोट लह“मा रहेको दङ्गा वेस क्याम्प कब्जा ।
० भदौ २३– नेकपा (माओवादी) का वैकल्पिक पोलिटव्यूरो सदस्य सुरेश वाग्ले (क.वासु)को गोरखामा गिरफ्तारपछि हत्या ।
० असोज ५– रुकुमको महतमा रहेको दङ्गा वेश क्याम्प कब्जा । छापामारद्वारा डीएसपी ठूले राई कब्जा ।
० फागुन ६– रोल्पाको घर्तीगाउ“ दङ्गा इप्रका कब्जा । यसपछि प्रहरीहरु केन्द्रीकृत ।
० चैत्र २१– रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका कब्जा ।
० चैत्र अन्त्य– गोरखाको हर्मी प्रहरी चौकी कव्जा ।

२०५७ साल
० असार १९– जाजरकोटको पा“चकटिया द¨ा इप्रका कब्जा ।
० भदौ ७– नवलपरासीको धवाडी इ.प्र.का. कव्जा ।
० भदौ १४– झापा महवारी इ.प्र.का. कव्जा ।
० असोज ८– पहिलोपटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरु र बैंक कब्जा ।
० असोज १०– लमजुङको भोर्लेटारमा इलाका प्रहरी कव्जा ।
० कार्तिक २०– रामेछापको दोरम्वा प्रहरी चौकी कब्जा ।
० पुस ५– नेपालको इतिहासमा पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा । पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनससरकार प्रमुख ।
० फागुन – नेकपा (माओवादी)को दोस्रो राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न । प्रचण्डपथ पारित । अध्यक्षमा क.प्रचण्ड निर्वाचित । दक्षिण एसियाली फेडेरेशनको अवधारणा पारित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौं † केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौं ††’ भन्ने मूल नारा तय ।
० चैत्र १७– गोरखाका छ महिला बन्दीहरुद्वारा जेल ब्रेक ।
० चैत्र १९– रुकुमको रुकुमकोटमा रहेको द¨ाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका कब्जा ।

२०५८ साल
० जेठ ८– ओखलढु¨ाको खानीभञ्याङ इप्रका कब्जा ।
० जेठ १९– दरबार हत्याकाण्ड, वीरेन्द्रको पूरै वंश नाश ।
० जेठ २०– माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड ।
० जेठ २२– ज्ञानेन्द्रद्वारा आफैंलाई राजा घोषणा ।
० असार २५– लमजुङको विचौर प्रहरी चौकी कव्जा ।
० असार २८– रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी कब्जा । शाही सेनाको परिचालन प्रयास ।
० असार ३०– रामेछापको धोवीडा“डा प्रहरी चौकी कब्जा ।
० साउन ६– तेह्रथुमको पोक्लावाङस्थित प्रहरी चौकी कब्जा ।
० साउन ७– बाजुराको पाण्डुसेनमा रहेको प्रहरी चौकी कब्जा ।
० साउन ४ – माओवादीविरुद्ध सेना परिचालनको विवादका कारण गिरिजा सरकारको पतन । देउवा सरकार गठन ।
० साउन ८– पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा । त्यसको लगत्तै माओवादीद्वारा युद्धविरामको सकारात्मक प्रत्युत्तर ।
० साउन १२– कृष्णबहादुर महराको नेतृत्वमा अग्निप्रसाद सापकोटा र टोपबहादुर रायमाझी रहनुभएको तीन सदस्यीय माओवादीका वार्ता टोली कीर्तिपुरमा सार्वजनिक । १४ गते पहिलो चरणको वार्ता गोदावरीमा । २८–२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।
० साउन ३१ – विभिन्न राजनैतिक दल र माओवादीबीच भारतको सिलगुडीमा वार्ता ।
० कार्तिक २८– तेस्रो चरणको वार्ता पुनः गोदावरीमा सम्पन्न ।
० मंसिर ६– अध्यक्ष क.प्रचण्डद्वारा पुरानो सत्ताले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउ“दै सचेत रहन जनसमुदायमा आग्रह ।
० मंसिर ८– जनमुक्ति सेना, नेपालको घोषणा, सर्वाेच्च कमाण्डर क.प्रचण्ड । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद, नेपालको घोषणा । क.बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक ।
० मंसिर ८– जनसेनाद्वारा दाङको सदरमुकाम घोराही, स्याङ्जाको सदुमकाम पुतलीबजार कब्जा ।
० मंसिर १०– पूर्वमा जनसेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा, सिडियोसहित १३७ शाही सुरक्षाकर्मीको मृत्यु ।
० मंसिर ११ – देउवा सरकारद्वारा संकटकालको घोषणा । शाही सेनाको औपचारिक परिचालन । शाही सुरक्षाकर्मीले जनादेश साप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा रेड गरी ११ जना पत्रकार गिरºतार ।
० मंसिर १२– शाही सेनाद्वारा भीषण अपरेशन शुरु । जताततै गिरºतारी, धरपकड, हत्या र राज्यआतंक ।
० मंसिर २२– शाही सेना र प्रहरीको हत्या, गिरºतारी र राज्यआतंकविरुद्ध नेकपा (माओवादी)द्वारा नेपाल बन्द ।
० फागुन ४– जनसेनाद्वारा अछाम सदरमुकाम र सा“फेबगर एयरपोर्ट कब्जा । भिडन्तमा ५५ शाही सेना र १५० प्रहरीको मृत्यु ।

२०५९ साल
० वैशाख १९– रोल्पाको लिस्ने लेकमा शाही सेनास“ग जनसेनाको दिउ“सै भीडन्त । जनसेनाद्वारा बलियो अमेरिकी फोर्टिफिकेशनसहित बनाइएको गाम संयुक्त शाही सुरक्षा वेश क्याम्प कब्जा ।
० जेठ ८– मुख्यतः माओवादीविरुद्ध लगाइएको संकटकाल लम्ब्याउन असफल हुने देखेपछि देउवाद्वारा मध्यरातमा संसद विघटन । मध्यावधि निर्वाचनका लागि कार्तिक २७ तिथि निर्धारण ।
० जेठ १३– जेठ ६ गते गिरºतार गरिनुभएका जनादेशका पूर्व सम्पादक कृष्णसेनको हिरासतमै कुटीकुटी हत्या ।
० असार २– माओवादी केन्द्रीय सदस्य रितबहादुर खड्काको रौतहटमा हत्या ।
० २००२ जुलाई २ तारिख– भारतीय शासकले अखिल भारत नेपाली एकता समाजलाई पोटा लगाएको ।
० असार २८– भारतीय शासकले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्रीसहित चार जनालाई ब्यापक विरोधका वावजुद पहिलो पटक औपचारिक सुपुर्दगी ।
० भाद्र २३– अर्घाखा“चीको सदरमुकाम सन्धीखर्क र सिन्धुलीको भीमानमा रहेको इप्रका कब्जा ।
० असोज १७– संसदवादी दलहरुद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष विन्ती ।
० असोज १८– ज्ञानेन्द्रद्वारा देउवा सरकार पतन । कार्यकारिणी अधिकार कब्जा ।
० कार्तिक २८– कर्णाली अञ्चल सदरमुकाम जुम्ला खल¨ा कब्जा ।
० मंसिर १८– लहानमा रहेको इप्रका र बैंक कब्जा ।
० माघ १२– सशस्त्र प्रहरी महानिरिक्षक कृष्णमोहन श्रेष्ठ मारिए ।
० माघ १५ – माओवादी र पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा ।
० माघ १८ – क.बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा (बादल), कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहनुभएको पा“च सदस्यीय माओवादी वार्ता टोली घोषणा ।
० माघ २९– युद्धविराम आचारसंहिता जारी ।
० चैत्र १५– वार्ता टोली सार्वजनिक । राजधानीमा पत्रकार सम्मेलन ।
० चैत्र २०– काठमाडौंमा विशाल आमसभा । वार्ता टोलीका सदस्यहरुद्वारा सम्बोधन ।

२०६० साल
० वैशाख १४– दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौंको शंकर होटलमा । २७ गते–सोही ठाउ“मा दोस्रो चरणको वार्ता ।
० साउन ३२– पुरानो सत्ता र नेकपा (माओवादी) बीच तेस्रो चरणको वार्ता दाङ हापुरेमा । सोही दिन रामेछापको दोरम्बामा शाही सेनाद्वारा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या एवम् शाही सेनालाई ब्यारेकबाट पा“च कि.मि.भन्दा वाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले वार्ता प्रभावित ।
० भाद्र १०– नेकपा (माओवादी)द्वारा युद्धविराम र वार्ता भ¨को घोषणा । देशव्यापी प्रतिरोध कार्वाही शुरु । काठमाडौंमा जनसेनाद्वारा शाही सेनाको कर्णेल किरण वस्नेतको सफाया ।
० कार्तिक १०– जनसेनाले गोरखा च्याङलीमा थापेको एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चारको मृत्यु ।
० कार्तिक ११– पोखरा नजिकैको डा“डानाकामा रहेको संयुक्त चेकपोष्ट कब्जा ।
० कार्तिक १६– पर्साको पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मीको मृत्यु ।
० कार्तिक २१– नेकपा (माओवादी)का अध्यक्ष क.प्रचण्डद्वारा एक विशेष सन्देशमार्फत् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन ।
० कार्तिक २९– त्रिभुवन राजपथ खण्डमा जनसेनाले थापेको एम्बुसमा परी शाही सेनाको व्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु ।
० मंसिर– नेकपा (माओवादी) र एमालेबीच भारतको लखनउमा वार्ता ।
० पुस २– जनसेनाद्वारा कपिलवस्तुको धानखोलामा थापेको एम्बुस लेफ्टिनेण्टसहित १० शाही सुरक्षाकर्मीको मृत्यु ।
० पुस २५– सन्तोष बुढामगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार ७५ हजार जनताबीच थवाङमा घोषणा ।
० माघ २– तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्षमा हितबहादुर तामाङ ।
० माघ ५– खड्गबहादुर विकको अध्यक्षतामा भेरी–कर्णाली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा ।
० माघ १५– सेती–महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्ष लेखराज भट्ट निर्वाचित । सोही दिन रामचरण चौधरीको अध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।
० माघ १६– तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा । प्रमुखमा देव गुरुङ ।
० माघ १९– किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । गोपाल खम्बु प्रमुख ।
० माघ १०– मधेश स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । प्रमुखमा मातृकाप्रसाद यादव ।
० माघ– भारत सरकारद्वारा माओवादी नेताहरु मातृका यादव र सुरेश आलेमगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी ।
० फागुन १९– जनसेनाद्वारा भोजपुर सदरमुकाममाथि आक्रमण । टावरको सैन्य क्याम्प कब्जा ।
० चैत्र ७– जनसेनाद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि भीषण हमला । २४ घण्टासम्म सदरमुकाम कब्जा । १५० भन्दा बढी शाही सुरक्षाकर्मीको मृत्यु ।
० चैत्र १३– नेकपा (माओवादी)का स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इञ्चार्ज क.किरण भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरºतार ।
० चैत्र २२– धनुषाको यदुकुवा प्रहरी चौकी कब्जा ।
० चैत्र २५– पशुपतिनगर इप्रका कब्जा ।

२०६१ साल
० वैशाख ३१–माओवादी केस तथा मंगलसेन प्रथम व्रिगेडका कमाण्डर नेपबहादुर केसी (परिवर्तन)को आन्तरिक दुर्घटनामा शहादत ।
० जेठ ६– डोटीको घण्टेश्वरमा जनसेना–शाही सेना भिडन्त । डेढ दर्जन शाही सेनाको मृत्यु ।
० असार ३— अखिल(क्रान्तिकारी)द्वारा शिक्षण हडतालसहित विविध सशक्त संघर्ष गरेर शाही सत्तास“ग संगठनमाथिको आतंककारीको आरोप फिर्ता गराउन सफल ।
० साउन÷भदौ– माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौं † वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौं †† भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित ।
० भाद्र २०– माओवादी केसद्वय शेरमान कु“वर र मोहनचन्द्र गौतमको सिरहामा हत्या ।
० मंसिर १– जनसेनाद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाही सेनाको एक ट्रक हतियार कब्जा । उक्त भिडन्तको भिडियो टिभीले प्रशारण गरेपछि ठूलो खैलाबैला । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका कब्जा ।
० मसिर २– बा“केको खैरीखोलामा धरापमा परी ८ शाही सुरक्षाकर्मीको मृत्यु । सबै हतियार कब्जा ।
० मंसिर ५– कैलालीको पाण्डोनमा जनसेनाद्वारा शाही सेनाको कथित रेञ्जर बटालियनमाथि हमला, १९ को सफाया । ६ थान एम–१६ सहितका हतियार कब्जा ।
० मंसिर ५– नुवा“गाउ“–थवाङ–चुनवाङ शहीद मोटरबाटो खन्ने अभियान उद्घाटन ।
० पुस ३– काठमाडौंको सा“खु इप्रका जनसेनाद्वारा कब्जा ।
० पुस ७– कर्णाली चिसापानीमा शाही सेनामाथि भीषण हमला गरी १५ शाही सेनाको सफाया ।
० पुस १७– धनकुटाको सेउतीखोलामा जनसेनाको एम्बुस, २० शाही सुरक्षाकर्मीको मृत्यु ।
० माघ १९– ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन । शाही ‘कु’ विरुद्ध अध्यक्ष क.प्रचण्डको अपिल ।
० माघ २०–२२– शाही ‘कू’ विरुद्ध तीन दिने नेपाल बन्द ।
० फागुन १– माओवादीका अध्यक्ष क.प्रचण्डद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट श्रव्य सम्बोधन ।
० चैत्र २०–३०– माओवादीद्वारा एघारे दिने देशव्यापी आम हड्ताल ।

२०६२ वैशाख
० वैशाख २६– जनमुक्ति सेनाद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण ।
० जेठ २७– काभ्रेको नार्केमा शाही सेनामाथि जनसेनाको आक्रमण । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आक्रमण । दुबै आक्रमणमा २२ शाही सुरक्षाकर्मीको मृत्यु ।
० असार ८– जनसेनाद्वारा भोजपुरको पान्धारेमा शाही सेनामाथि आक्रमण । ८ शाही सेनाको मृत्यु ।
० असार ११– जनसेनाद्वारा अर्घाखा“चीको खनदहमा शाही सेनामाथि आक्रमण । लेफ्टिनेण्टसहित १९ शाही सेनाको मृत्यु ।
० साउन २३– कालिकोटको पिलीमा रहेको शाही सैन्य कयाम्प सम्पूर्ण हतियारसहित कब्जा ।
० असोज १८ नेकपा (माओवादी)द्वारा एकपक्षीय युद्धविरामको घोषणा ।
० मंसिर ७– सात दल र माओवादीबीच भएको १२ बु“दे समझदारी सार्वजनिक ।
० मंसिर १३– माओवादीद्वारा केन्द्रीय समिति वैठकका निर्णयहरु सार्वजनिक । प्रत्याक्रमणको दोस्रो योजनाको घोषणा – ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीति बनाएको घोषणा ।
० मंसिर १४– शाही सेनाद्वारा हेलिकोप्टरबाट गोली हानी डिभिजन कमाण्डर क.किमबहादुर थापा (सुनिल)को हत्या ।
० मंसिर १७– माओवादीद्वारा एकपक्षीय युद्धविराममा एक महिना थप ।
० पुस १८– माओवादीद्वारा युद्धविराम भ¨को घोषणा । देशभरि प्रतिरोध शुरु ।
० माघ १– जनसेनाद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरु कब्जा ।
० माघ ८– पश्चिम सैन्य कमाण्डद्वारा पाल्पा सदरमुकाम तानसेन कब्जा ।
० माघ २६– माओवादी र सात दलकोे बहिष्कारका कारण कथित नगर निर्वाचन पूर्णतः ध्वस्त ।
० माघ २७– जनसेनाको पश्चिम सैन्य कमाण्डद्वारा रुपन्देहीको सुनवलमा शाही सेनाका पा“च ट्रक फोर्समाथि आक्रमण । २५ शाही सेनाको मृत्यु । भारी मात्रामा हतियार कब्जा ।

० चैत २४ः सात दल–माओवादी संयुक्त शान्तिपूर्ण आन्दोलन सुरु ।

२०६३ साल
० वैशाख ११ः व्यापक जनसहभागिताबाट शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल, राजाद्वारा आन्दोलनकारी सात दलका माग स्वीकार गरी विघटित प्रतिनिधिसभाको पुनस्र्थापना ।
० जेठ ४ः पुनस्र्थापित प्रतिनिधिसभाको बैठकद्वारा संविधानसभाको निर्वाचन गराउने घोषणा ।
० जेठ १२ः नेपाल सरकार तथा माओवादी पक्षका नेताबीच पहिलो शीर्षस्थ वार्ताद्वारा २५ बुँदे युद्धविराम आचार संहिता जारी ।
० असार २ः नेपाल सरकार, सात दल र माओवादीबीच शिखर वार्ता, आफ्नो लामो भूमिगत जीवनबाट माओवादी अध्यक्ष सार्वजनिक, आठबुँदे सहमति ।
० साउन २४ः गते सरकार–माओवादीद्वारा संयुक्त राष्ट्र सङ्घलाई संयुक्त रूपमा एकै बेहोराको पत्र प्रेषित ।
० कात्तिक २२ः सात दल माओवादीबीच ऐतिहासिक शिखर वार्ता, ६ बुँदे शान्ति सहमति, राजसंस्थाको निर्णय संविधान सभाको पहिलो बैठकले गर्ने निर्णय ।
० मङ्सिर ५ः सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच १० बुँदे ऐतिहासिक विस्तृत सम्झौता, एघार बर्से माओवादी जनयुद्धको समाप्तिको घोषणा । प्रचण्डको यो निर्णय पार्टीगत वा संस्थागत नभएको भनी पार्टीभित्रै आलोचना ।
० माघ १ः नेपालको अन्तरिम संविधान जारी, संविधानसभाको चुनाव गर्ने अठोट ।
० चैत १८ः नेकपा माओवादीसहितको अन्तरिम सरकार गठन ।

बिहिबार, ०१ फागुन, २०८१, बिहानको ०६:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर