विराटनगर । दलित समन्वय समिति रतुवामाईको अध्यक्षमा प्रदीप नेपाली निर्वाचित भएका छन् ।
आज भएको एक भेलाले नेपालीको अध्यक्षतामा १५ सदस्य नगर समन्वय समिति गठन गरेको छ ।
यस्तै उपाध्यक्षमा दशानन्द दर्जी, सचिवमा खड्ग बहादुर दर्जी निर्वाचित भएका छन् ।
सहसचिवमा भने अम्बिका विश्वकर्मा निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने कैलाश परियार निर्वाचित भएका छन् ।
नेपाली माओवादी निकटका हुन् ।