अमेरिकाबाट सञ्चालित परियोजनाको लागत खोजी

विराटनगर । अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रकम रोक्ने भएपछि त्यसको तथ्याङ्क संकलन गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

मन्त्रालयले पठाएको पत्रमा लामो समयदेखि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट वैदेशिक सहायकता लिँदै आएको र त्यस्तो सहायता विभिन्न गैर सरकारी संघ संस्थाबाटसमेत परिचालन हुँदै आएकोले त्यस्तो संस्थाहरु कति छन् ? विवरण बुझाउन प्रशासन कार्यालयहरुलाई दिर्नेशन दिएको छ ।

‘तहाँ जिल्लामा सञ्चालित गैरसरकारी संस्थाहरुले कुन कुन विकास साझेदारहरुबाट के कस्तो क्षेत्रमा कति सहायता रकम परिचालन र उपयोग गरेका छन् ? साथै सहायता परिचालनको मोडालिटी कस्तो रहेको छ ? त्यस्ता कार्यक्रम र परियोजनाहरु हाल कुन अवस्थामा रहेका छन् ?,’ पत्रमा भनिएको छ, ‘उक्त सहायता परिचालनले आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा कस्तो प्रभाव पारेको छ ? ।’ अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि सहायता संस्था (युएसएआइडि)बाट प्राप्त हुने सहायता स्थगित गरेका छन् ।

‘जिल्लामा युएसएआइडिबाट सञ्चालित कार्यक्रम र परियोजना सञ्चालन र समुदायमा पर्ने प्रभाव समेतको अन्य विषयगत निकायहरुसँग समन्वय गरी अध्ययन तथा विश्वलेषण गर्ने र सो को प्रतिवेदन समेत पठाउन’ प्रशासन कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको हो ।

आइतबार, २७ माघ, २०८१, साँझको ०६:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर