लोड हुँदैछ...

मेनु

नेकपा माओवादी केन्द्रले थप्यो सात वैकल्पिक केन्द्रीय सदस्य

नेकपा माओवादी केन्द्रले थप्यो सात वैकल्पिक केन्द्रीय सदस्य

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले सात जना वैकल्पिक केन्द्रीय सदस्य थपेको छ।

गत माघ २१ गते बसेको पार्टी पदाधिकारी बैठकले कोशी प्रदेशबाट झापाका वीरेन्द्र बस्नेतलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो। यसअघि उनी प्रदेश कमिटीको सचिवालय सदस्य थिए।

यस्तै म्याग्दीका रेशम जुग्जाली मगर, बाग्लुङका धनबहादुर बिक र तनहुँका मदन आले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाबाट जोडिएका कृष्णराज न्यौपाने (चितवन), बद्री तिमिल्सिना (चितवन) र खगेन्द्र छन्त्याल (बाग्लुङ) लाई वैकल्पिक केन्द्रीय सदस्य तथा अरूण पीडित भण्डारी (चितवन) लाई केन्द्रीय आयोग सदस्यमा जिम्मा दिने निर्णय गरेको अन्तरपार्टी निर्देशन मार्फत् जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।