इटहरीको विवाद समाधान

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष र प्रशासनको बीचमा भएको विवाद समाधान भएको छ ।

दिनभरि भएको छलफलपछि सहमति बनेको हो । इटहरी उपमहानगरपालिकाका प्रशासन प्रमुख सञ्जीव खड्काले नागरिकको सेवा प्रवाहमा नै असर पर्ने गरी सरभर डाउन गराएको विषयमा उनले माफी माग्ने सहमति बनेको बताइएको छ ।
सरुवा भएका कर्मचारीलाई फर्काउने र कार्यान्वयन हुन नसकेका सबै योजनाहरू शतप्रतिशत कार्यान्वयनमा लग्ने सहमति भएको छ । उपमेयर चौधरीसहित वडा अध्यक्षहरूले मेयरलाई लक्षित गरी समस्या समाधान नगरी ताला फोडेको विषयमा पुनः तालाबन्दी गर्ने चेतावनी दिएपछि सहमति भएको हो ।

प्रशासन प्रमुख खड्का मेयर पौडेलका विश्वास पात्र मानिन्छन् । मेयरको निर्देशनमा वडाहरूको सेवा नै प्रभावित हुने गरी सर्भर डाउन गरेको आरोप पनि वडा अध्यक्षहरूले लगाउँदै आएका थिए । त्यसपिरुद्ध उपमेयर र वडाअध्यक्षले प्रशासन शाखामा लगाएको ताला मेयर हेमकर्ण पौडेलले फुटाइदिएका थिए ।

दुई साता अगाडि तत्कालीन अवस्थामा कार्यवाहक मेयर रहेकी उपमेयर संगीताकुमार चौधरीले प्रशासन शाखामा ताला लगाएकी थिइन् । गत माघ ११ गते प्रशासन शाखा प्रमुख सञ्जिव खड्काले एकलौटी रुपमा कर्मचारी सरुवा तथा सर्वर र आईडी पासवर्ड परिवर्तन गरेको आरोप लगाउँदै चौधरीले ताला लगाइदिएकी थिइन् ।

मेयर पौडेलले उपमेयर चौधरीसँग पटक–पटक छलफल गर्दा पनि सहमति हुन नसकेको भन्दै बुधबार ताला तोडेका थिए । वडा कार्यलयहरुको सेवा समेत प्रभावित भई सेवा लिन कठिनाइ भएकाले स्थानीय सरकार प्रमुखको नाताले नगरबासी र सेवाग्राहीको समस्यालाई हृदयङ्गम गर्दै प्रशासन शाखामा लगाइएको ताला खोलेको उनले बताएका थिए ।

ताला तोडिएपछि उपमेयर चौधरीले मेयरले दादागिरी देखाएको भन्दै फेरि ताला लगाउने चेतावनी दिएकी थिइन् । मेयर हेमकर्ण पौडेल विदामा रहँदा उपमेयर चौधरी कार्यवाहकको जिम्मेवारीमा हुँदा चौधरीले एमालेबाट विजयी केही वडाध्यक्षसहित प्रशासन शाखाका प्रमुख सञ्जिव खड्कामाथि दुव्र्यवहार गरेकी थिइन् । सो विषयमा कर्मचारी टे«न युनियनहरूले चौधरीले ४८ घन्टाभित्र कर्मचारीमाथि दुव्र्यवहार गरिएको विषयमा माफी माग्नुपर्ने भन्दै आन्दोलन सुरु गरेका थिए ।

शुक्रबार, २५ माघ, २०८१, बिहानको ०८:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर