विराटनगर नागरिक अभियानद्वारा सामाजिक सञ्जाल विधेयक विरुद्ध प्रदर्शन गर्ने

विराटनगर । विराटनगर नागरिक अभियानले शुक्रबार विराटनगरमा सामाजिक सञ्जाल विधेयकका विरुद्धमा सांकेतिक विरोध कार्यक्रम गर्ने भएको छ ।

यो कार्यक्रमले सरकारी प्रस्तावित विधेयकको विवादास्पद प्रावधानहरूमाथि सार्वजनिक ध्यानाकर्षण गराउने लक्ष्य राखेको छ। प्रस्तावित विधेयकले नागरिकहरूको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने खतरा रहेको भन्दै आलोचना भइरहेको छ। विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको डिजिटल अधिकार र निजता संरक्षणलाई गम्भीर रूपमा कमजोर बनाउने विज्ञहरुको चेतावनी छ ।

विरोध कार्यक्रममा ‘सुशासन, न्याय, सेवा प्रवाह र जनजीविका’ भन्ने मूल नाराका साथ विभिन्न सामाजिक संघसंस्थाहरू र नागरिक समाजका प्रतिनिधिहरू सहभागी हुने तयारी छ।

शान्तिपूर्ण र सांकेतिक विरोधको रूपमा सञ्चालन गरिने कार्यक्रम विराटनगरको ट्राफिक चोकमा दिउँसो साढे ३ बजेका लागि तय गरिएको छ । विराटनगर नागरिक अभियानले विरोध कार्यक्रममार्फत सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने र विधेयकका विवादास्पद प्रावधानहरू खारेज गर्न दबाव दिने अपेक्षा गरेको छ ।

बिहिबार, २४ माघ, २०८१, साँझको ०७:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर