एमालेले अग्रजको अभिलेखीकरण गर्ने

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटिको प्रचार विभागले अग्रजहरुको अभिलेखीकरण गर्ने भएको छ । नेकपा एमालेमा लामो समय जीवन व्यतित गरेका र अवसर नपाएकाहरुको विषयमा विभागले पुस्तक प्रकाशन गर्ने भएको हो ।
विभागको बिहीबार विराटनगरमा बसेको बैठकले कोशी प्रदेशका १४ वटै जिल्लाका अग्रजहरुका विषयमा पुस्तक प्रकाशनका लागि जिम्मेवारी पनि प्रदान गरेको विभागका प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए ।

पुस्तकसँग भिडियो सामग्री पनि तयार गरिनेछ । एउटा जिल्लाबाट कम्तिमा ३-३ जना छनौट गरेर अभिलेख तयार गरिनेछ ।
प्रदेश प्रचार तथा प्रकाशन विभागले एमाले कोशीको मुखपत्रका रुपमा ‘रातो झण्डा’ प्रकाशन गर्ने निर्णय पनि गरेको छ । मुखपत्र प्रकाशनका लागि पनि जिम्मेवारी प्रदान गरिएको प्रमुख तिवारीले जानकारी दिए ।

बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लीलाराज भट्टराईलगायतको सहभागिता रहेको थियो । बैठकमा बार्षिक कार्ययोजना, नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन लगायतका विषयमा छलफल गरिएको थियो ।

शुक्रबार, २१ मंसिर, २०८१, बिहानको ०८:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर