जापान पढ्न जानेका लागि आध्याको निःशुल्क सेमिनार

दमक । झापाको दमकमा सञ्चालित आध्या एजुकेसन प्रा।लि।ले उच्च शिक्षा अध्ययनका निम्त्ति जापान जान चाहने विद्यार्थीहरुका निम्त्ति निःशूल्क सेमिनार आयोजना गर्ने भएको छ ।

जापान गएर विभिन्न बिषयमा ब्याचलर तथा मास्टर्स अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै आध्या एजुकेसनले सेमिनार आयोजना गर्न लागेको हो । दमकमा बिहीबार पत्रकार सम्मेलन गर्दै कन्सल्टेन्सीले सेमिनारबारे जानकारी गराएको हो । सेमिनार मंसिर २२ गते शनिबार गर्न लागिएको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राकेश कर्णले बताए । उनले उच्च शिक्षा अध्ययनका निम्त्ति जापान जान चाहने विद्यार्थीहरुलाई निःशूल्क शैक्षिक परामर्श एवम् उचित मार्गप्रर्दशन गर्ने उदेश्यका साथ सेमिनार आयोजना गर्न लागिएको जानकारी दिए ।

जापानको जापानीज भाषा कलेजका प्रतिनिधि समेत रहेका धिरज कार्कीलाई सेमिनारको प्रशिक्षकको रुपमा आमन्त्रण गरिएको आध्या एजुकेसनले जनाएको छ । कन्सल्टेन्सीका अनुसार सेमिनारमा विद्यार्थीहरुले जापानमा रहेका कलेज तथा विश्वविद्यालय, पढाइ हुने कोर्ष र जापानको जीवनशैली लगायतका बिषयमा विस्तृत रुपमा बुझ्ने अवसर प्राप्त गर्नेछन् ।

सेमिनारमा विद्यार्थीहरुले जापानको जापानीज भाषा कलेजका प्रतिनिधिसँग समेत प्रत्यक्ष कुराकानी गरेर आफ्नो जिज्ञासा मेटाउन सक्ने बताईएको छ । सेमिनारमा सहभागी भएर उच्च शिक्षा अध्ययनका निम्त्ति जापान जाने विद्यार्थीहरुका निम्त्ति आध्या एजुकेसनले बिशेष अफर समेत राखेको छ । अफर अन्तर्गत आध्या एजुकेसनमार्फत अध्ययनको आवेदन प्रक्रिया सुरु गर्ने पहिलो ५ जना विद्यार्थीहरुलाई शतप्रतिशत र दोश्रो ५ जना विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा जापानीज भाषा पढाईनेछ ।

दमकस्थित आध्या एजुकेशनले भने जापानको साथसाथै साउथ कोरिया, युके, अमेरिका, क्यानाडा, फ्रान्स, जर्मनी, डेनमार्क, न्युजील्याण्ड, फिनल्याण्ड र यूरोप लगायतका मुलुकमा समेत उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श प्रदान गर्दै आएको छ ।

बिहिबार, २० मंसिर, २०८१, साँझको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर