विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा बिहानैदेखि मतदात जारी छ । मतदानमा मतदाताको उत्साहजनक सहभागीता देखिएको छ । बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
त्यहाँ अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी दौडमा छन् । ७ वडा रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् । उपनिर्वाचनमा २६ हजार ४४ मतदाताले मतदान गर्दै छन्। २०७९ सालको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो ।




