लोड हुँदैछ...

मेनु

इस्कोन विराटनगरले सप्ताहव्यापी श्रीमद् महाभागवत गर्दै, विश्व प्रसिद्ध लाल गोविन्द प्रभुजीले कथा वाचन गर्ने

इस्कोन विराटनगरले सप्ताहव्यापी श्रीमद् महाभागवत गर्दै, विश्व प्रसिद्ध लाल गोविन्द प्रभुजीले कथा वाचन गर्ने

विराटनगर । विराटनगरको अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)ले श्रीमद् भागवत् सप्ताहको आयोजना गर्ने भएको छ ।

इस्कोन विराटनगरले आउँदो मंसिर १ गतेदेखि ७ गतेसम्म भागवत सप्ताहको आयोजना गर्न लागेको हो । श्रीमद् महाभागवत विराटनगरको तीनपैनी स्थित खाटु श्याम मन्दिरमा हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी सम्पूर्ण परिवारको कल्याण तथा सम्पूर्ण पितृको उद्धारका लागि पुराण गर्न लागिएको आयोजक समिति इस्कोन विराटनगरका सचिव भानुभक्त जोसीले जानकारी दिए ।

श्रीमद् महाभागवत् कथा वाचकका रुपमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का आध्यात्मिक भागवत् वक्ता श्रद्धेय लाल गोविन्द प्रभुजी आउने उनले जानकारी दिए । उनले हिन्दी भाषाद्वारा सरल र सुन्दर शैलीमा भागवत् कथा वाचन गर्नेछन् । पेशाले सफ्टवेयर कम्प्युटर इन्जिनियर भएपनि उनी आफ्नो गहिरा र प्रेरणादायक प्रवचनहरुले देश तथा विदेशमा परिचित छन् ।

विराटनगर–२ स्थित तीनपैनीको श्याम मन्दिरको हलमा प्रत्येक दिन दिनको ३ बजेदेखि ७ बजेसम्म श्रीमद् महाभागवत कथा वाचन हुनेछ । इस्कोन विराटनगरले भागवत कथालाई भव्य रुपमा सम्पन्न गर्न डा. राहुल सरावगीलाई संयोजकको जिम्मेवारी दिएको छ । भागवत् कथामा अन्तराष्ट्रिय संगीतकार टोली उपस्थिति रहने, सांस्कृतिक कार्यक्रम हुने साथै कथा श्रवणमा आउने सम्पूर्ण भक्तजनहरुलाई प्रसाद वितरण गरिने सचिव जोशी जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।