रवि लामिछानेलाई आज बुटवल लगिँदै

विराटनगर । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज बुटवल लगिँदै छ ।

कास्कीबाट बुद्ध एयरको बिमानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लगिने भएको हो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर रविलाई प्रहरीले पोखरा लगेको थियो ।

बुटवलमा पनि उजुरी परेपछि रविलाई बयानका लागि आज बुटवल लैजान लागिएको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले रविलाई कारबाही सिफारिस गरेको थियो ।

मङ्गलबार, २७ कार्तिक, २०८१, बिहानको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर