मोरङको बयरवनमा भाउजूमाथि खुकुरी प्रहार, देवर पक्राउ

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–४ बयरवनमा भाउजूमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । ५५ वर्षीया भाउजु शिवा श्रेष्ठ (सार्की) लाई खुकुरी प्रहार गरेको आरोपमा वसन्त पक्राउ गरेका हुन् ।

खुकुरी प्रहारबाट भाउजू शिवा गम्भीर घाइते भएकी मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । खुकरी प्रहारबाट शिवाको दाहिने हातको नाडी र दाहिने पातामा गहिरो चोट लागेको छ । हात छिन्नै लागेको प्रहरीको भनाइ छ । उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको छ ।
उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाउन थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

आइतबार, २५ कार्तिक, २०८१, साँझको ०७:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर