शंकर पोखरेल सोधे तीन नेतालाई सात दिने स्पष्टीकरण

विराटनगर । नेकपा एमालेले केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिन निर्णयको विरोध गर्ने तीन जना नेतालाई सात दिने स्पष्टीकरण सोधेको छ ।

नेताहरु भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई मंगलबार महासचिव शंकर पोखरेलले .स्पष्टीकरण सोधेका हुन् ।

सात दिनभित्रमा स्पष्टीकरणको जवाफ दिन भनिएको छ ।

एमालेले विवादित व्यापारी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान लिने र उनले नै केन्द्रीय कार्यालय बनाइदिने निर्णय गरेको थियो ।

गुरुङकै उपस्थितिमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कीर्तिपुर नगरपालिका २ मैत्री नगरमा दशैंको बेला कार्यालय भवनको शिलान्यास गरेका थिए ।

विवादित व्यापारी र व्यवसायीबाट दान लिएको भन्दै पार्टीभित्रै विरोध भएको थियो ।

यसैले एमालेको सचिवालय बैठकले पार्टी लाइनविपरीत बोलेको भन्दै तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

नेतात्रयको अभिव्यत्तिले पार्टीको प्रतिष्ठा र मर्यादामा आँच पुगेको भन्दै सचिवालयको बैठक अनुसार एमालेले स्पष्टीकरण सोधेको हो ।

मङ्गलबार, ०६ कार्तिक, २०८१, साँझको ०७:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर