काठमाडौं । मितेरी सहकारीको करोडौँ रकम अपचलन भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वश्रीमतीसहित दुई जनाविरूद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको छ।
सीआईबीले सहकारी ठगीको आरोप लागेकी धनराजकी पूर्वश्रीमती ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको हो ।
त्यही सहकारीका ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस जारी गर्न माग गरिएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।
उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।
सहकारी विवाद आएपछि धनराज र ज्योतिले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । यस प्रकरणमा गुरुङविरुद्ध भने अझैसम्म अनुसन्धान अघि बढेको छैन ।
सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेक थिए । उक्त ऋण तिर्न धनराजले भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग ९२ लाख लिएको विषय बाहिरिइसकेको छ ।
मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।