अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको ‘क्लिन स्वीप’

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको छ । सोमबार बिहान तेस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई ८ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज क्लिन स्विप गरेको हो ।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५६ रन बनाएको थियो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ६८ रन बनाए । ५० बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, मिलिण्ड कुमारले ३५ बलमा नटआउट ४३ रन बनाए । आरोन जोन्स १३, श्याम जाहाङ्गिर ९, कप्तान मोनाङ्क पटेल २ र आन्ड्रिज गौस २ रन बनाएर आउट भए । हर्मीत सिंह १० रनमा नटआउट रहे ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा २७ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै, रिजन ढकाल र ललित राजवंशीले समान एक÷एक विकेट लिए ।

अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।

सोमबार, ०५ कार्तिक, २०८१, बिहानको ०९:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर