देशका पहाडी भू–भागका हल्का वर्षाको सम्भावना

काठमाडौं । आज देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भईरहेको छ।

आज दिउँसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

देशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार, ०५ कार्तिक, २०८१, बिहानको ०७:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर