हर्क साम्पाङको निर्णयविरुद्ध उच्चको आदेश : वडाध्यक्षलाई कार्यवाहकको काम गर्न रोक

विराटनगर । सुनसरीको धरानका मेयर हर्क साम्पाङले गैरकानुनी रुपमा वडा नम्बर ११ का वडाध्यक्षलाई लोकेन्द्रकुमार फागोलाई दिएको कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा उच्च अदालतले रोक लगाएको छ ।

उच्च अदालत विराटनगरले धरानका उपमेयर आइन्द्र विक्रम बेघाले दायर गरेको रिटको आइतबार सुनुवाइ गर्दै मेयर साम्पाङको निर्णय कायान्वर्यन नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीस ध्रुवराज नन्दको इजलासले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो । मेयर साम्पाङले उपमेयर कार्यकक्षमा रहँदारहँदै नाताले मामा ससुरा पर्ने वडा अध्यक्ष फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए ।

वडाध्यक्षलाई कावा तोकेसँगै कार्तिक ४ गते उपमेयर बेघाले अदालतमा रिट दर्ता गरेका थिए । अदालतले आदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा (४) को देहाय (क) को देहाय (१२) ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिनसम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च.न. २३२८ मिति २०८१।६।२३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो ।

सो प्रकरणमा उच्चले विपक्षीलाई कारण देखाउ आदेशसमेत जारी गरेको छ । मुद्दाको अर्को सुरुवाई कात्तिक ६ गते हुनेछ ।

आइतबार, ०४ कार्तिक, २०८१, साँझको ०५:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर