लोड हुँदैछ...

मेनु

टी–२०आई सिरिजमा सुपर ओभरमा नेपालले अमेरिकालाई हरायो

टी–२०आई सिरिजमा सुपर ओभरमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं । नेपालले अमेरिकालाई हराउँदै टी–२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ ।

दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी–२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो ।

यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अमेरिकाका आन्देस गौसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालमा करण केसीले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Narayan yadav
October 20, 2024 11:19 AM

Bhurtel le 98 run bana ko ho

प्रतिक्रियाहरू बन्द छन्।