साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भुटान बीच प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने भएको हो।

दशरथ रंगशालामा हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि शुरु हुनेछ।

त्यस्तै दोस्रो खेल नेपाल र भुटानबीच हुँदैछ। यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि शुरू हुनेछ।

प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ।

यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन्।

नेपाल समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समूह ‘ए’ मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन्।

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जितेको छैन। नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ।

अहिलेसम्म भारतले पाँच पटक प्रतियोगिताको उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ।

शुक्रबार, ०२ कार्तिक, २०८१, बिहानको १०:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर