टी–२०आई सिरिजमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं । अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन खेलको टी–२० आई सिरिजमा १–० को अग्रता लिएको छ।

शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि श्याम जाहंगिरले नटआउट ६० रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । एन्ड्रिज गौरले ३० रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अलराउण्ड प्रदर्शन गर्दै ३ विकेट लिए । रिजन ढकाल, करण केसी र गुल्सन झाले समान एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । ऐरीले २८ रन बनाउँदा आसिफ शेख र अनिल शाहले समान २७(२७ रन बनाए । गुल्शन झाले ११ रन बनाउँदा कुशल भुर्तेल १० रनमा आउट भए । सोमपाल कामीले २ रन मात्र बनाउन सके ।

दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी–ट्वेन्टी आई सोमबार बिहान हुनेछ । यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–टू का खेल हुनेछन् । लिग–टू सिरिज २५ अक्टोबरदेखि डालास मै हुनेछ । क्यानडामा लिग २ र टी–२० आई सिरिज खेलेर नेपाली टोली अमेरिका गएको हो ।

शुक्रबार, ०२ कार्तिक, २०८१, बिहानको १०:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर