हनी ट्रयाप प्रकरणमा इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर । ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। हनी ट्रयाप प्रकरणमा उनि बिबादमा तानिएकी थिइन ।

ललितपुर प्रहरी प्रमुख शेखर खनालका अनुसार शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उक्त प्रकरणमा एक जना सहायक हवलदारसहित ४ जना पक्राउ परिसकेका छन्।​

हनी ट्रयापको घटनामा बलात्कारको कसुर लगाएर फसाइदिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको थियो । पीडितले नै प्रहरीलाई भनेपछि घटना बाहिर आएको थियो।

प्रहरीले हनी ट्रयाप घटनामा संलग्न युवतीसहित तीन जनालाई यसअघि नै पक्राउ गरिसकेको छ ।

बुधबार, ३० असोज, २०८१, दिउँसोको ०३:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर