खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

खोटाङ । खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर सोमबार राति भूकम्पको गएको छ । राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको तीव्रता भने ४.३ म्याग्निच्युडको रहेको थियो ।

यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । जलवीरे केन्द्रबिन्दु भएर भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

मङ्गलबार, २९ असोज, २०८१, बिहानको ०८:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर