विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावकाबीच दशैं मनाउन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दशैं नजिकिदै गर्दा प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावकावीच दशैं मनाउन गरेका छन्। कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढी पहिरोले जनधनको ठूलो क्षति पुर्याएकोले विपद्को सामना गर्दै एक आपसमा सहयोग, सद्भाव र भातृत्वका साथ यस वर्षको दशैं मनाउन उने आग्रह गरेका हुन्।

विजया दशमी २०८१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले विपद्लाई साहसमा बदल्न सवैको सहकार्य र हातेमालो जरुरी भएको बताए । मुख्यमन्त्री कार्कीेले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ‘दशैंले हामी सबैमा नयाँ उत्साह र उमङ्गका साथ असल कामहरू गर्न हौसला र सकारात्मक उर्जा प्रदान गर्न दुर्गा भवानीबाट आर्शिवाद प्राप्त होस् ।’

‘ दशैंका अवसरमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्त्व अझ बढी छ । हाम्रो मुलुकमा परम्परागत रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न थप योगदान गरिरहेका छन् विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावकावीच दशैं मनाउन मुख्यमन्त्री कार्कीको आग्रह गरेका छन् ।

दशैंले हामी सबैमा नयाँ उत्साह र उमङ्गका साथ असल कामहरू गर्न हौसला र सकारात्मक उर्जा प्रदान गर्न दुर्गा भवानीबाट आर्शिवाद प्राप्त होस् भनी उनले कामना गरेका छन्।

‘शुभकामना सन्देशमा भनिएको छ,‘ दशैंका अवसरमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्त्व अझ बढी छ । हाम्रो मुलुकमा परम्परागत रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न थप योगदान गरिरहेका छन् ।’

शनिबार, २६ असोज, २०८१, बिहानको ०७:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर