आज कोशी प्रदेशसहित तीन प्रदेशमा वर्षाको सम्भावना

विराटनगर । मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेश सहित तिन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार शनिबार ३ प्रदेशका पहाडी भू–भागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ । वर्षा भएपनि खासै ठूलो वर्षाको सम्भावना छैन ।

‘दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुने छैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहे पनि झरी पर्नेछैन, क्षति पुर्‍याउने किसिमको पानी पर्दै,’ उनले भने ।

दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरिएको छ ।

कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

शनिबार, २६ असोज, २०८१, बिहानको ०७:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर