श्रीमतीको हत्यापछि टाउको बोकेर हिड्ने युवक पक्राउ

विराटनगर । उदयपुरमा श्रीमतीको हत्या गरि टाउको बोकेर बजारमा हिँडिरहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ छन् ।

मंगलबार साँझ साढे ६ बजेतिर उनले २८ वर्षीया श्रीमति प्रमिला लामाको हत्या गरेका थिए । हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको उदयपुरका एसपी हरिहर योगीले जानकारी दिएका छन् ।

भारतबाट असोज १३ मा घर आएका जङ्गबहादुरले विवादपछि श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रमिला त्रियुगा गरपालिका–६ जलजलेमा चिया व्यापार गर्थिन् ।

उनीहरूका दुईजना बच्चा छन् । चिया बेचेर कोरियन भाषा पनि सिक्दै गरेकी उनका छोराहरु ४ र १ कक्षामा पढ्छन् । दम्पतीको बिचमा करिब दुई वर्षदेखि राम्रो सम्बन्ध नभएको स्थानीयले बताएका छन् ।

श्रीमतीको हत्यापछि खुकुरीले टाउको काटेर बोकेर हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले करिब एक किलोमिटर परबाट पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार, २३ असोज, २०८१, बिहानको १०:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर