कोशीसहित ३ प्रदेशमा मनसुन अझै सक्रिय

विराटनगर । कोशी प्रदेशसहित मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव छ।

बुधबार बिहान कोशी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै कोशी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षासमेत भइरहेको छ।

आज दिउँसो पनि कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

कोशी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति पनि कोशी र मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने अनुमान छ।

बुधबार, २३ असोज, २०८१, बिहानको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर