विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य नीतिलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याउने बताएका छन्। मुख्यमन्त्री कार्कीले मानव जीवनसंग प्रत्यक्ष जोडिएको स्वास्थ्यका विषयमा प्रदेश सरकार गम्भीर रहेको चर्चा गर्दै ऐन ल्याएर अझ व्यवस्थित गरिने उल्लेख गरेका छन् । उनले स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यक रहेको बताएका हुन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०–८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको आइतार उद्घाटन गर्दै उनले प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रुपमा बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले प्रदेश सरकारले जनशक्ति , बजेटको कमि, साधनस्रोतको अभाव, क्षेत्रअधिकारका कारण सोच अनुसार स्वास्थ्य क्षेत्रमा कार्य गर्न नसकेको गुनासो समेत व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य सेवालाई सङ्घ सरकार भन्दा पनि उत्कृष्ट बनाउन स्वास्थ्यकर्मीहरु लाग्नु पर्नेमा जोड दिए । दिए ।