सप्तकोशीमा पुलमाथिबाट यसरी बग्दैछ पानी (भिडियोसहित)

विराटनगर । पानीको बहाब उच्च भएपछि कोशी व्यारेजस्थित सप्तकोशी नदिको पुलमाथिबाट पानी बगिरहेको छ ।

साँझ ७ बजेको मापनमा पानीको बहाब प्रतिसेकेण्ड ५ लाख  ७९ हजार ३९० क्युसेक पुगेको छ । पानीको बहाब ५ लाख ५० हजार क्युसेक पुगेपछि पुलमाथिबाटै पानी बग्न थालेको हो ।

पानीको बहाब उच्च भएपछि ब्यारेजका सबै ५६ वटै ढोका खुल्ला छन् भने आवतजावत बन्द गरिएको छ । स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट सवारीसाधन र मानिस आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

सप्तकोशीमा जलसतह ३७ वर्षयताकै उच्च तहमा पुगेको स्थानीय प्रशासनले जनाएको छ । ब्यारेजको कन्ट्रोल गर्ने भारतीय पक्षले कोशीमा बाढीको बहाव प्रतिसेकेण्ड ६ लाख ८१ हजार ६ सय ३९ क्यूसेक पुग्नसक्ने पूर्वानुमान गरेको छ ।

यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । पहाडी जिल्लाहरुमा वर्षा नरोकिएका कारण बहाव अझै बढ्नसक्ने अनुमान छ ।

कोशी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुनसरी स्थानीय प्रशासनले आग्रह गरेको छ । शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङसहितले ब्यारेज र आसपासको क्षेत्रको अनुगमन गर्दै सतर्क अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

शनिबार, १२ असोज, २०८१, साँझको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर