यातायात कार्यालय इटहरीबाट १७ बिचौलिया पक्राउ

इटहरी । यातायात व्यवस्था कार्यालय इटहरीको कार्यालय परिसरमा बुधबार प्रहरीले छापा मारेर बिचौलियाहरुलाई पक्राउ गरेको छ ।

कार्यालय बाहिरबाट बिचौलियाले अत्यधिक दुःख दिने गरेको गुनासो आएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोलीले यातायात कार्यालयमा अनुगमन गरेको थियो ।

सेवा लिन आउने ग्राहकसँग अतिरिक्त पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्‍याएर मिलेमतो गर्ने १७ जना बिचौलियालार्इ पक्राउ गरेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जानकारी दिए ।

पक्राउ पर्नेमा यातायात कार्यालय बाहिर फोटोकपी लगायतका पसल थापेर बस्ने बिचौलियाहरू रहेको इटहरी प्रहरीले जनाएको छ । उनीहरुमध्ये कतिपय आफूलाई डाक्टर भन्दै चिनाउने पनि रहेको प्रशासनले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान सुरु गरेको इटहरी प्रहरीले जनाएको छ ।

बुधबार, ०९ असोज, २०८१, दिउँसोको ०३:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर