लोड हुँदैछ...

मेनु

सुनको मूल्य सात सय रुपैयाँले बढयो

सुनको मूल्य सात सय रुपैयाँले बढयो

काठमाडौं । सुनको मूल्य सात सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य सात सय र चाँदीमा ४० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुन तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

यसअघि मंगलबार सुन तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदी तोलामा ४० रुपैयाँले बढ्दै एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।