काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक करिब ५९ अंकले घटेको छ । साताको तेस्रो कारोबारमा बजार ५८.९३ अंकले घटेको हो । यससँगै बजार मापक २४७०.३९ विन्दुमा कायम छ ।
यस दिन १० कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको सेयर मूल्य घटेको छ ।
पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँ बराबरको एक करोड ५५ लाख चार हजार ९२९ कित्ता सेयर खरिद बिक्री भएको छ ।