लोड हुँदैछ...

मेनु

नेप्सेमा भारी अंकको गिरावट

नेप्सेमा भारी अंकको गिरावट

काठमाडौं । सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी अंकको गिरावट आएको छ । आज नेप्से ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा पुगेको हो ।

नेप्से घट्दा कारोबार पनि घटेको छ । आइतबार १० अर्बको कारोबार हुँदा सोमबार ७ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार घट्दा १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर किनबेच भएको छ । जसमा १४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३१२ वटा कम्पनीको शेयर कारोबार हुँदा ९२ हजार ८१५ पटक शेयर कारोबार भएको छ । आज ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ भने २ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ५।६६ प्रतिशतले घटेर ३ हजार १०९३.५२ विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह १.१७ प्रतिशतले घटेर २१.१७ विन्दुमा आएको छ ।

त्यस्तै बैंकिङ समूह १.५९ प्रतिशतले, विकास बैंक २.७२ प्रतिशतले, होटल एण्ड टुरिजम २.७९ प्रतिशतले, हाइड्रोपावर २.२८ प्रतिशतले, लगानी समूह २.५३ प्रतिशतले, जीवन बीमा १.९१ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.७१ प्रतिशतले, लघुवित्त २.४३ प्रतिशतले, निर्जीवन बीमा १.९१ प्रतिशतले, अन्य समूह २.३३ प्रतिशतले र ट्रेडिङ समूह २.७६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।