खुकुरी प्रहार गरी श्रीमतीको हत्या

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकामा एक व्यक्तिले खुकुरीले हानेर श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय २९ वर्षीया विजय दर्जीले २५ वर्षीया श्रीमती सरिता दर्जीको शनिबार राति हत्या गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी श्रीमती सरिताको आइतबार बिहान करिब ४ बजे जिल्ला अस्ताल धनकुटामा उपचारका क्रममा मृत्य भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनका अनुसार सामान्य घरझगडामा खुकुरी प्रहार भएको पाइएको छ ।

विजयले श्रीमतीलाई आक्रमण गरेपछि आफैंलाई पनि खुकुरीले हानेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दर्जीका ५ र ११ वर्षका दुई छोरी रहेको प्रहरीले जनाएको छ ।

आइतबार, ३० भदौ, २०८१, दिउँसोको ०१:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर