नेकपा एसले मंसिर २७ र २८ गते कोशी प्रदेशको अधिवेशन गर्ने

विराटनगर । नेकपा एकीकृत समाजवादीले मङ्सिर २७ र २८ गते कोशी प्रदेशको अधिवेशन गर्ने भएको छ । हिजो उदयपुरमा बसेको प्रदेश कार्यालय कमिटीको विस्तारित बैठकले मंसिर २७ र २८ गते इटहरीमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।

चैत्र मसान्त भित्रमा जिल्ला अधिवेशन गर्ने समेत निर्णय गरेको छ । जन वर्गीय सङ्गठनहरूको सम्मेलन पनि चैत्र मसान्त भित्रमा सक्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वासिम आलमले बताए । बैठकमा नेताहरू जगनाथ खतिवडा, घनेन्द्र बस्नेत, जयन्ती, राजेन्द्र राई वासिम आलम लगायतका नेताहरू सहभागी थिए । बैठक पाटीका केन्द्रीय सचिव तथा प्रदेश कमिटीका अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठक अगाडी उदयपुरमा अध्यक्ष माधव नेपालको उपस्थितिमा सन्देश सभा समेत गरेको थियो । उक्त कार्यक्रममा उदयपुरका लोसपाका जिल्ला अध्यक्ष सहित नेपाली काँग्रेस र एमाले परित्याग गरेर ५ सय बढी पाटी प्रवेश गरेको नेताहरूले बताएका छन् ।

आइतबार, ३० भदौ, २०८१, दिउँसोको १२:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर