विराटनगर । एक दिने स्काउट मास्टर कार्यशाला सम्पन्न भएको छ । शनिवार कोशी प्रदेश स्काउट, सुन्दरहरैँचा तथा बेलबारी स्थानीय स्काउट समितिको संयुक्त आयोजनामा सुन्दरहरैँचा १० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलमा कार्याशाला गरीएको हो । कार्यशालामा प्रदेश १ का विभिन्न १८ वटा पालिकाका ५० जना स्काउट मास्टरहरुको सहभागीता रहेको थियो । कार्यक्रमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय कार्यसमिति सदस्य नवल प्रसाद उपाध्याय प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कोशी प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे, कोशी प्रदेश स्काउट कार्यलयका अधिकृत नवराज घिमिरेको उपस्थिीति रहेको थियो ।
कार्यक्रममा बोल्दै सिद्धार्थ सेकेन्डरी स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले हरेक विद्यालयमा स्काउट सञ्चालन गर्न आवश्यक रहेको र यसले विद्यार्थीहरुलाई सधैँ तयार रहन प्रेरित गर्ने पनि बताए । कार्यक्रमका मुख्य प्रशिक्षक नवल प्रसाद उपाध्यायले सहभागीहरुलाई प्रभावकारी ढंगले स्काउट कक्षा सञ्चालन , डोरी कार्य, अनलाइन रजिस्ट्रेस्न लगायत विषयमा प्रशिण दिएक थिए । क्षकार्यक्रममा सहभागीको तर्फबाट मनिता पौडेल न्यौपानेले कार्यशालाले शिक्षकहरुलाई नियमित कक्षा सञ्चालन आइपर्ने समस्या सामाधानमा सहयोग पुग्ने बताउदै यसले आपूmमा नयाँ उर्जा थपेको र यसलाई समय समय र अलि लामो समयको गर्न सुझाव दिइन ।
कार्यक्रम सुन्दरहरैँचा स्थानीय प्रमुख आयुत्त मनोज कार्कीले सञ्चालन गरेका थिए भने बेलबारी प्रमुख आयुक्त बादल देवानको अध्यक्षतामा समपन्न भएको हो । देवानले स्काउट विद्यार्थी र शिक्षक सगैँ स्काउटिङ विकासमा विभिन्न गतिविधि सञ्चालन गरिदै आएको र आगामी फागुनमा कम्बाइन क्याम्पको तेस्रो संस्करण आयोजना गर्न लागिएको बताए । उत्त कार्यक्रम प्रदेश भरीबाट २५०० स्काउट विद्यार्थी सहभागी गराउने उनले बताए । कार्यक्रममा खाना तथा हलको व्यवस्थापनमा सिद्धार्थ सेकेन्डरी विद्यालयले सहयोग गरेको थियो