विराटनगर । सुनसरीको इटहरीमा एक व्यक्तिले आफ्नै डेढ वर्षीया नाबालिग भतिजीको ब्लेडले चिरेर विभत्स हत्या गरेका छन् ।
इटहरी उपमहानगरपालिका ५ मा डेरा गरी बस्ने शालिग्राम लुइँटेलले भतिजी आइन्सु लुइँटेलको क्रूरतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ ।
शालिग्रामले भतिजीको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गरेको इटहरी प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट ब्लेडसहित शालिग्रामलाई नियन्त्रणमा लिएको छ ।
शालिग्रामले केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको र मानसिक रोगी जस्तो रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक बालिकाका बुबा नवराज लुइँटेल वैदेशिक रोजगारीमा छन् ।