विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाचेका पाइलट मनिष शाक्यको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। उ
विमानमा सवार १९ मध्ये अन्य १८ जनाको मृत्यु भइसकेको छ। को –पाइलट सहित ३ जना विराटनगरका रहेको खुलेको छ । मृत्यु भएका १८ जना मध्ये तिन जना विराटनगरका हुन ।
सौर्य एयरलाइन्स विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेलका अनुसार दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका हुन् ।