सौर्य एयरको जहाज दुर्घटना : आगो नियन्त्रणमा लिने प्रयास

विराटनगर । त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको  अधिकारीहरुले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।

जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ भने जहाजको एउटा टुक्रा उछिट्टिएको देखिएको छ । जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए ।

अग्निनियन्त्रकले पानी हालेर आगो निभाउने प्रयास गरिरहेका छन् । जहाजभित्र कति यात्रु छन् भन्ने खुलेको छैन ।

सौर्य एयरलाइन्सको जहाज पोखराको लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको हो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको छन् ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

बुधबार, ०९ साउन, २०८१, बिहानको ११:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर