विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन । प्रधानमन्त्री कार्यालयमा सचिवसहितका कर्मचारीले ओलीलाई स्वागत गरेका छन् ।
ओलीको स्वागतमा ब्राम्हणहरू स्वस्ति वाचन मन्त्रोच्चारण गरेका थिए । प्रधानमन्त्री ओलीले शपथ ग्रहणका बेला राष्ट्रपति रामचन्द्र पौडेलले उच्चारण गरेको ‘ईश्वरको’ भन्ने शब्द उच्चारण गरेनन् ।
ओलीले ‘ईश्वरको नाम उच्चारण गरेनन् । देश र जनताको शब्दमात्रै उच्चारण गरे । तर उनै ओली सोमबार प्रधानमन्त्री कार्यालय प्रवेश गर्दा भने स्वस्तिवाचन गराइएको थियो ।
ओली यसअघि २०७२, २०७४ र २०७८ मा गरी तीनपटक प्रधानमन्त्री भएका थिए ।
ओलीले दोस्रोपटक नेकपाकालीन समयमा झण्डै दुई–तिहाई बहुमतको हाराहारीको सरकारको नेतृत्व गरेका थिए ।
यसपटक पहिलो ठूलो दल नेपाली कांग्रेसको समर्थन र सहभागितापछि एमालेका अध्यक्ष ओली दुई–तिहाई मतसहितको प्रधानमन्त्री बनेका छन् ।