पहिरोमा परेर एक बालकको मृत्यु

उदयपुर । पहिरोबाट उदयपुरमा १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अन्य दुई जना घाइते भएका छन् ।

त्रियुगा नगरपालिका– १५ तोरीबारीमा पहिरोमा परी आठ वर्षीय रुपकला मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, ४० वर्षीया हीरामाया मगर र उनका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् ।

गम्भीर घाइते उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तोरीबारीमा पहिरोले चार घर पुरेको छ भने अन्य पाँच घर उच्च जोखिममा छन् ।

मङ्गलबार, २६ असार, २०८१, साँझको ०५:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर