सम्राट स्पोर्टिङलाई मोरङ ‘ए’ डिभिजन लिगको उपाधि

विराटनगर । विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ क्लबले मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।
लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको हो । खेलको निर्धारित समयमा ३–३ गोल भएपछि नतिजा ट्राइब्रेकरले निर्धारण भएको थियो ।

निर्धारित समयमा सम्राटका नितेश लिम्बू, सन्दीप लिम्बू र छविलाल ठकुरीले गोल गरे । चार तारेका सागर तिवारीले ह्याट्रिक पूरा गरे । खेलमा अग्रता भने सम्राटले लिएको थियो ।

असार ३ गते निर्धारण गरिएको फाइनल वर्षाले अवरोध गरेसँगै सोमबार बेलबारी रंगशालामा गरिएको हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चार तारेका सागर तिवारी घोषित भए । उत्कृष्ट गोलकिपर चार तारेकै भरत मगर, उत्कृष्ट डिफेन्स सम्राटका सन्दीप लिम्बू घोषित हुँदा मोतीरामका प्रसिद्ध राई उत्कृष्ट मिडफिल्डरका रूपमा पुरस्कृत भए ।
सम्राटका छविलाल ठकुरी उत्कृष्ट फरवर्ड र सम्राटकै कोमल खवास उत्कृष्ट प्रशिक्षक घोषित भए । मोरङ जिल्लाका १० क्लबसम्मिलित लिगका खेलहरू विराटनगर र बेलबारीमा सम्पन्न भएका थिए ।

 

 

बुधबार, २० असार, २०८१, दिउँसोको ०२:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page