एसईई परीक्षाको नतिजा,मोरङका ३१ विद्यालय निल

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईई परीक्षाको नतिजामा मोरङका ३१ विद्यालय निल भएका छन् । बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार सार्वजनिक गरेको नतिजामा ३१ विद्यालयका विद्यार्थीहरुहरु सबै ननग्रेड (एनजी) मा परेका छन् ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याए मात्र उत्तीर्ण हुने व्यवस्था अनुसार नतिजा प्रकाशन भएको हो । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्ने हुन्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिन्छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक पाएको छैन भने प्रमाणपत्रमा एनजी (ननग्रेडेड) उल्लेख हुनेछ । एनजी आएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । त्यसको लागि एनजी ल्याउने विद्यार्थीले पुनः परीक्षा दिन भने पाउने छन् ।

एनजी ल्याउन मोरङका ३१ विद्यालयमा विराटनगरका ११ वटा सामुदायिक विद्यालय छन् । जसमा विराटनगर २ स्थित शंकरपुरमा रहेको जनता नमूना मावि, विराट महेन्द्र रात्री मावि, विराट भिक्टोरिया, मेमोरियल, बाल मावि, जामीया इस्लामिया मावि, ग्रीन नर्थ प्वाइन्ट सकेकेण्डरी स्कुल छन् । यसैगी शिक्षा सदन मावि, जनता मावि, सार्वजानिक मावि र मदरसा तामिुल कुरआन माविको पनि नतिजा शुन्य रहेको छ ।

उता उर्लाबारीको राधिका मावि, कानेपोखरीको बाल माध्यमिक विद्यालय हरकुपुर, केराबारीको सार्वजािनक मावि, सरस्वती मावि, रामपुर मावि भोगटेनी, जनकल्याण मावि, ग्रामथानको पब्लिक मावि धनिवनिगाउँ, वाणी मावि सिद्राहा, महेन्द्र मावि मोतीपुर, जहदाको सार्वजािनक मावि, बुढीगंगाको नारायण मावि, जनप्रिय मावि, रंगेलीको जनता मावि, महालक्ष्मी मावि दर्वेशा, लेटाङको साग्मा मावि भोगटेनी, भोटेनी मावि र लक्ष्मी मावि वारङगीको पनि एनजी आएको हो ।

यस वर्षको एईई परीक्षाको नतिजाअनुसार देशभरीमा २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेड (एनजी) मा परेका छन् ।

आइतबार, १७ असार, २०८१, बिहानको ११:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर