सहिद स्कूलबाट एसईई दिएका सबै विद्यार्थी उत्तीर्ण

विराटनगर । सुनसरीको इटहरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएका सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।

इटहरी इटहरी १९ भवानीपुरस्थित स्कूलबाट एसईई दिएका विद्यार्थीमध्ये एक जना ए प्लस, १२ जना ए र ३ जना बि ग्रेडमा उत्तीर्ण भएको स्कूलका प्रिन्सिपल रिता फुँयालले जानकारी दिइन् । सहिद तथा बेपत्ता र द्वन्द्व प्रभावित बालबालिकको लागि स्थापना भएको स्कूलमा कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ ।

शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको भन्दै स्कूलले आगामी शैक्षिक सत्रको लागि विज्ञान, कम्प्युटर विज्ञान, होटल मेनेजमेन्ट र मेनेजमेन्ट विषयमा कक्षा ११ को भर्नासमेत खुलेको जनाएको छ ।

बिहिबार, १४ असार, २०८१, साँझको ०६:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page