विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीले शोक वक्तव्य प्रकाशित गरेर चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन एवं ग्रामथान बासीमा समवेदना व्यक्त गरेका छन् । उनले शोक वक्तव्यमा ५६ वर्षको उमेरमा देश र जनताको सेवामा समर्पित रहेकै अवस्थामा भएको निधनबाट हाम्रो प्रदेशले एउटा जुझारु र कर्तव्य निष्ठ जनप्रतिनिधि गुमाएको उल्लेख गरेका छन् ।
२०८० साल माघ १० गते अचानक बेहोस भइ लडेर अचेत भएका चौधरीको मिति २०८१ असार ३ गते दुःखद निधनबाट परिवारजन र ग्रामथानका जनतामा परेको पीडामा प्रदेश सरकार सँगसँगै रहेको उल्लेख गरेका छन् ।
२०२४ सालमा जन्मिएका चौधरी सानै उमेरदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशिल थिए। मोरङको तत्कालीन मोतिपुर गाविसको अध्यक्ष २०४९ सालमा निर्वाचित भै भूमिका खेलेका चौधरीले २०७९ को स्थानीय चुनावमा पालिका अध्यक्षमा बिजयी एका थिए ।